Loading...

जननायक तुल्सी लाल अमात्यको २६औँ स्मृति दिवस

Posted By:Bishnu Pokharel
जननायक तुल्सी लाल अमात्यको २६औँ स्मृति दिवस

जननायक तुल्सी लाल अमात्यको २६औँ स्मृति दिवस भव्य रुपमा सम्पन्न भएकोछ । स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम, उपत्यकाव्यापी हाजिरी जवाफ प्रतियोगिता, श्रद्धाञ्जली सभा नेपालको लोकतान्त्रिक एंव कम्युनिष्ट आन्दोलनकाः विगत, वर्तमान र भविश्य विषयक विचार गोष्ठी कार्यक्रम लगायतका विभिन्न महत्वपुर्ण कार्यक्रम सप्ताहव्यापी रुपमा गर्दै सम्पन्न भएकोछ । विचार गोष्ठी कार्यक्रममा पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मालेका महासचिव सिपी मैनाली, एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, काँग्रेसका नेता जितेन्द्र देव लगायत नेपालको लोकतान्त्रिक एंव कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण भुमिका तथा योगदान गर्नुहुने ब्यक्तित्वहरु, युवा, विद्यार्थी, समाजसेवी ब्यापारीहरु झण्डै ५०० भन्दा माथिको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष एंव पूर्वमन्त्री गोपाल शाक्यले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव हिमबहादुर क्षेत्रीले गर्नु भएको थियो, प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष माधव पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Other News