Loading...

तुल्सीलाल अमात्यद्धारा लिखित पुस्तक ब्रम्हवाद, शून्यवाद र माक्र्सवादको विमोचन

Posted By:Bishnu Pokharel
तुल्सीलाल अमात्यद्धारा लिखित पुस्तक ब्रम्हवाद, शून्यवाद र माक्र्सवादको विमोचन

जननायक तुल्सीलाल अमात्यद्धारा लिखित पुस्तक ब्रम्हवाद, शून्यवाद र माक्र्सवादको विमोचन एंव विचार गोष्ठी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्नुहुँदै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावली, स्थायी कमिटी सदस्य रघुजी पन्त, साहित्यकार स्नेह सायमि, पूर्वराजदुत हिरण्यलाल श्रेष्ठ, युवा लेखक तथा साहित्यकार आर्दश भट्टराई, प्रतिभा अमात्य लगायतले विचार प्रस्तु गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता पूर्वमन्त्री एंव प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले गर्नु भएको थियो भने सञ्चालन महासचिव हिमबहादुर क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा नेताहरु, पूर्वराजदुतहरु, पूर्व सांसदहरु, साहित्य तथा कला क्षेत्रका व्यक्तित्वहरु युवा, विद्यार्थी, महिला नेत्रीहरु लगायत ३०० भन्दा माथिको उपस्थिति रहेको थियो ।


 

Other News