Loading...

तुल्सीलाल अमात्यको २७औँ स्मृती दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

Posted By:Bishnu Pokharel
तुल्सीलाल अमात्यको २७औँ  स्मृती दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

 तुल्सीलाल अमात्यको २७औँ  स्मृती दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको  आयोजनामा सम्माननीय निवर्तमान राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा तुल्सीलाल अमात्यको २७औँ  स्मृती दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथी बक्ताको रुपमा पूर्व उपप्रधानमन्त्री डा.भिम रावल, एमाले नेता मुकुन्द न्यौपाने, केशव बडाल, जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जननायक तुल्सीलाल अमात्य प्रति श्रद्धाञ्जली, उपत्यकाव्यापी हाजिरी जवाफ कार्यक्रमको पुरष्कार वितरण, रक्तदान कार्यक्रमको प्रमाण पत्र वितरण, नेपालको राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो ः विषयक विचार गोष्ठी र कहिल्यै नझुक्ने योद्धा ः गोपाल थपलीयाको जीवन यात्रा, पुस्तक विमोचन कार्यक्रम गरि कार्यक्रम गरि सम्पन्न भएको छ ।  यस महत्वपुर्ण कार्यक्रममा झण्डै ५५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा  निवर्तमान राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूले सम्बोधन गर्नुभएको थियो कायक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष एंव पूर्वमन्त्री गोपाल शाक्यले गर्नु भएको थियो कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष माधव पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।  कार्यक्रममा प्रतिष्ठानका संरक्षक डा.दिवस अमात्यको बिशेष आतिथ्यता रहेको थियो । भने सञ्चालन प्रतिष्ठानका महासचिव हिमबहादुर क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रम पश्चात कार्यक्रममा सहभागिहरुको लागि चीया खाजाको समेत व्यवस्थापन गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा लगायत कार्यसमिति सदस्यहरु, प्रतिष्ठानका सललाहकारहरु राजनितीक दलका नेताहरु, लेखक, साहित्यकार, महिला नेतृहरु, युवा तथा विद्यार्थी नेताहरु, पत्रकारहरु लगायत प्रभावशाली व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।    

Other News