Loading...

तुल्सी लाल स्मृति प्रतिष्ठानद्वारा नेपालको संविधान–२०७२ को स्वागत

Posted By:

काठमाडौं| २०७२ साल आश्विन ३ गते आइतवार नेपालको संविधान – २०७२ जारी भएको छ । नेपाली जनताको निर्वाचित जन प्रतिनिधिहरूद्वारा जनताको सार्वभौम अधिकारको प्रयोग गरि संविधान सभाद्धारा निर्माण गरिएको यो संविधान नेपालको आज सम्मको इतिहासमा सबैभन्दा प्रगतिशील संविधान हो । त्यसकारण तुल्सी लाल स्मृति प्रतिष्ठानले सर्वप्रथम यस नयाँ संविधानको हार्दिक स्वागत गरेको छ । नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिलाई जनक्रान्त्तिको उपलब्धिको रूपमा यस संविधानले संस्थागत गरेको छ र आफनो प्रस्ताव नामा नेपाली जनतालाई पूर्ण सार्वभौम बनाउँदै समाजवादको आधार तयार पार्न नेपाल र नेपालीहरूलाई मार्ग दर्शन गरेको छ । नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र र समाजवादको सपना देख्ने कमरेड पुष्पलाल, तुल्सी लाल लगायत सम्पुर्ण कम्युनिष्ट एवं क्रान्त्तिकारीहरूको सपना पुरा हुने बाटो खुलेको छ । तुल्सी लाल स्मृति प्रतिष्ठानले यस अवसरमा खुसी व्यक्त गरेको छ । संविधान जारी गर्नु मात्र पनि एउटा उपलब्धी हो । यसको सफल कार्यान्वयनले मात्र हिजोका संयुक्त जनआन्दोलन, जनविद्रोह र जन क्रान्त्तिमा सरिक भई शहिद हुने र योगदान गर्ने सम्पूर्ण नेपालीहरू वास्तवमा नेपालबाट गरिबी, बेरोजगार, शोषण, उत्पीडित, दमन अन्याय अत्याचार कुरिति, भ्रष्टचार, मंहगी आदिको अन्त्य गर्दै, नेपालमा देखा परेका उत्पीडित दलित जाती, जनजाती, महिला र पिछडिएका क्षेत्रहरू समेतको साथै भाषा र धार्मिक समुदायहरूको न्यायपूर्ण मागहरू संबोधन गर्दै, सच्चा अर्थमा समाबेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई व्यवहारमा उतार्दै, सामाजिक सद्भाव र एकता कायम गर्दै समृद्ध समाजवादी नेपालका सपना देखिरहेका थिए र आज पनि देखिरहेका छन् र त्यस सपनालाई वास्तविकतामा परिवर्तन गर्दै अघी बढ्न नेपालको संविधान – २०७२ को सफल कार्यान्वयनको लागि तुल्सी लाल स्मृति प्रतिष्ठानले शुभ कामना व्यक्त गरेको छ । अन्त्यमा लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको यस संविधानको प्राप्ति निमित संयुक्त जनआन्दोलन र जनक्रान्त्तिमा साथ साथै हिडेका कम्युनिष्ट र कांग्रेस लगायत सम्पूर्ण राजनीतिक दल, संघ संस्था, व्यक्तिहरूलाई एकतावद्ध भएर समयको मागलाई बुझी साझा कार्यक्रम र कार्यायोजनाहरू निर्माण गरि नेपाली चरित्रको समाजवाद निर्माणको दिशामा अघि बढ्न पनि तुल्सी लाल स्मृति प्रतिष्ठानले सबैलाई आव्हान समेत गरेको छ ।

Other News