Loading...

क. तुल्सीलालको अपूर्णिय क्षमतालाई कदर गरौं : मन्त्री मानवी

Posted By:

ललितपुर| क. तुल्सीलाल अमात्यको १५ औँ साधारण सभा आज क. तुल्सीलाल स्मृति प्रतिष्ठानको आफ्नै भवन च्यासल ललितपुरमा प्रतिष्ठानका सभापति गोपाल शाक्यको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्वप्रधानमन्त्री तथा प्रतिष्ठानका संस्थापक एवं तुल्सीलाल स्मृति प्रतिष्ठानका संरक्षक श्री माधवकुमार नेपालले तुल्सीलाल स्मृति प्रतिष्ठानकी सह–सचिव डा. सुमित्रा अमात्यलाई राष्ट्रिय योजना आयोगको गरिमामय पदमा नियुक्ती हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सभामा अतिथिको रूपमा उपस्थित रहेकी पशु विकास मन्त्री शान्ता मानवीले नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा विशिष्ठ योगदान पुर्‍याएका क. तुल्सीलालको यो अपूर्णिय क्षमतालाई हामीले कदर गरी उहाँले देखाएको बाटोमा प्रतिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएकी छन् ।

Other News